Image Hosted by ImageShack.us

2013/01/30

कार चलाउने रोबोट यस्तो

कार हुनेहरु कतिले आफै चलाउँछन् त कतिले ड्राइभर राख्छन् । तर अब न त कारधनीआफैले कार चलाउने दुख गर्नु पर्नेछ न त, तलब खुवाएर ड्राइभर राख्नु पर्नेछ ।

त्यसो भए कार अब आफै गुड्छ त ?होइन । कार आफै गुड्दैन रोबोटले कार चलाउनेछ ।


हो मान्छेले चलाउनु नपर्ने र रोबोटले चलाउने कार अब निकट भविष्यमै सडकमा गुड्नेछ । भलै हाम्रो नेपालमा गुड्न अझै कैयौँ वर्ष लाग्ला । तथापि अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरु रोबोटले चलाउने कारको निर्माणमा जुटिरहेका छन् ।

अनुसन्धानकर्ताहरु यस्तो कार बनाउने प्रयासमा जुटिरहेका छन् जसमा कारलाई रोबोटिक्स प्रविधिमा ढालिनेछ । यसको मतलब कारमा रोबाट ड्राइभर हुनेछ जसले सबै खाले ट्राफिक नियमको पालना गर्दै सुरक्षित रुपमा गाडि चलाउनेछ ।

अनुसन्धानकर्ताहरुले रोबोटले चलाउने कारको नमूनाअर्थात् प्रारम्भिक रुप केही समयभित्रैमा सार्वजनिकगर्न सकिएपनि साँच्चीकै सडकमा गुड्ने खालको रोबोट कार पाउनअझै एक दशकजतिभने कुर्नुपर्ने बताएका छन्

No comments:

Post a Comment