बासिङ्टन (अमेरिका), माघ १४ -
कम्प्युटर ह्याकरहरुको समूह एनोनिम्सले अमेरिकी सरकारी वेवसाइट ह्याक गरेका छन् । शनिबार ह्याक गरिएको वेवसाइटको होमपेजमा उनीहरुले धम्कीपूर्ण भिडियो राखेका छन् ।
ह्याक गरेको मुद्दा चलिरहादा गत महिना आत्महत्या गरेका इन्टरनेटकर्मी आरोपन स्वार्जको मृत्युको बदला
लिन ह्याक गरेको ह्याकरले भिडियोमा भनेका छन् । ह्याक गरिएको बेवसाईट अमेरिकाको सेन्टेसिङ कमिशनको हो । यसले अदालतलाई सजाय सुनाउनका लागि बिभिन्न निर्देशिका बनाएर दिने गर्छ ।
'स्वार्जलाई बाध्य बनाएर मारिएका हो । उनले जित्नै नसक्ने खल खेल्न बाध्य बनाइएको थियो', भिडियो सन्देशमा भनिएको छ । ह्याकरहरुले आफूसाग बिभिन्न न्यायाधीशबारेको गोप्य तथ्यहरु रहेको दाबी गरेका छन् । उनीहरुले यो ह्याकिङलाई सांकेतिक भनेका छन् । ह्याकरहरुले यो आक्रमणलाई अपरेशन लास्ट रिसोर्ट नाम दिएका छन् ।
बेवसाइटको भिडियो हटाइएको छ । सरकारी अधिकारीहरुले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । यो समूहले यअसघि पनि बिभिन्न सरकारी वेवसाइट ह्याक गर्दै आएका छन् ।
No comments:
Post a Comment