बरुण पनेरु, डडेल्धुरा, माघ ५-
विगत डेढ बर्ष देखि बैतडीको तल्लो सोराड क्षेत्रमा एक पछि अर्को गर्दै मानिसलाई खादैं आएको नरभंक्षी चितुवालाई बिहीबार बिहानस्थानीयबासीले मारेका छन्। बैतडीको आमचौरा-६ चौडेलीका उदुगीराम भुलको गोठमा पसेको चितुवालाई स्थानियबासीले गोठभित्रै थुनि बन्दुकले मारेको हुन्। दुई महिना सम्म प्रहरी, सेना र सशस्त्र प्रहरी परिचालन भएपनि मार्न नसकिएको चितुवालाई स्थानीयहरुको समुहले मार्न सफल भएको छ।
लामो समयदेखि चितुवाले आतंक मचाए पछि जिल्ला प्रशासन कार्यालयले चितुवा मार्नका लागि प्रहरी परिचालन गरेको थियो। प्रहरीले २ महिना सम्म पनि चितुवा मार्न नसकेपछि प्रशासनले स्थानिय लाई मार्ने अनुमति दिएको स्थानीय बसन्त बिष्टले बताए।
अहिले घटनास्थलमा सदरमुकामबाट जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यालयको विशेषज्ञ टोली गएको जिल्ला प्रहरी कार्यालयका डिएसपि कमल खरेलले बताए। चितुवाको सव पोष्टमाटमका लागि हल्दीविनायक प्रहरी चौकीमा राखीको छ। उक्त नरभंक्षी चितुवाले डेढ बर्षको अवधिमा तल्लोसोराड क्षेत्रका आमचौरा, महाकाली, विशालपुर, रोडीदेवल, उदयदेव, सर्माली, शिवनाथ लगायतका एक दर्जन गाविसमा १५ जना मारेको थियो।
चितुवा मारिएपछि स्थानीयहरुले खुसीयाली मनाएका छन्। महिला र बालबालिकालाई मात्रै मार्ने उत्त चितुवाका कारण ५ महिना देखि स्थानीयहरु त्रसित भएका थिए।
No comments:
Post a Comment