Image Hosted by ImageShack.us

2013/01/17

फेसबुकको आफ्नै सर्च-इन्जिन


सामाजिक संजाल फेसबुकले आफ्नै सर्च इन्जिन सुरु गरेको छ । ग्राफ सर्च नाम दिइएको उक्त सर्च इन्जिनको सहयोगमा अब फेसबुक प्रयोगकर्ताले फेसबुकमा शेयर भएका विभिन्न सामाग्रीहरु सर्च गरेर प्राप्त गर्न सक्नेछन् । फेसबुकको यो खोजी सेवामा केवल कुनै शव्द मात्र नभएर वाक्यांशको समेत खोजी गर्न सकिनेछ । 

आफ्नो सर्च इन्जिन सेवाको घोषणा गर्दै फेसबुकका संस्थापक मार्क जुकरबर्गले यो वेब सर्च नभएकोले गुगललाई चुनौति दिन ल्याएको भनेर बुझ्न नहुने बताए । यद्यपि ग्राफ सर्च आफैले भेट्न नसकेका विषय खोज्न भने फेसबुकले माइक्रोसफ्टको बिंग सर्च इन्जिनको सहारा लिने भएकाले त्यो सहकार्यलाई गुगलमाथिको प्रत्यक्ष चुनौतिको रुपमा कतिपयले बुझेका छन् । 

यद्यपि जुकरबर्गले भने फेसबुकको ग्राफ सर्च केवल फेसबुकका सामाग्री खोज्न मात्र प्रयोगकर्ताले प्रयोग गर्ने विश्वास गर्दै अरु सर्च इन्जिनमा जस्तो विभिन्न सामाग्री खोज्न वेब सर्च जस्तै गरी ग्राफ सर्चमा प्रयोगकर्ता नझुम्मिने आशा व्यक्त गरे । सबैभन्दा ठूलो सामाजिक संजालको रुपमा रहेको फेसबुकमा असंख्य सामाग्रीहरु जम्मा भैसकेका छन् । 

यसरी फेसबुकमा पोष्ट भएका, शेयर भएका तथा साइट आफैले कनेक्ट गरेका सामाग्रीहरुको समग्रतालाई फेसबुकले सोसियल ग्राफ भनेको छ । यस्तो सोसियल ग्राफकेा दायरा निकै फराकिलो बन्दै गएकाले प्रयोगकर्ताको सोसल ग्राफमाथिको पहुँच सुनिश्चित गर्न ग्राफ सर्च ल्याइएको जुकरबर्गको भनाइ छ । 

यद्यपि आलोचकहरुले भने विद्यमान फिचर्सहरुका आधारमा ग्राफ सर्चलाई अपूर्ण तथा निष्प्रभावी भनेर टिप्पणी गरेका छन् । यसको जवाफ दिँदै जुकरबर्ग भन्छन्, यसको प्रथम संस्करणमा हामीले गर्नुपर्ने धेरै कामका सूचि थिए जुन गरेका छैनौँ । हाम्रो अगाडि यसको सुधारका लागि वर्षौँसम्म गर्नुपर्ने थुप्रै काम छन् ।

No comments:

Post a Comment