मलेसिया, माघ ३ -
.jpg)
वैदेशिक रोजगारीका क्रममा मलेसियाको हुलु तेरेङगानुस्थित एक कारखानामा कार्यरत दुई नेपाली युवाको मृत्यु भएको छ । मंगलबार बेलुका करिब पौने आठ बजे कारखानामा रहेको एक मेसिन अचानक पटि्कँदा दुई नेपालीसहित अर्का एक स्थानीयको मृत्यु भएको हो ।
घटनामा ३० बर्षीय प्रमोदकुमार रोय र २६ वर्षीय कुमार पासवानको मृत्यु भएको स्थानीय अंग्रेजी दैनिक 'द सन' ले आफ्नो अनलाइनमा उल्लेख गरेको छ । मृतकहरुको नेपालस्थित ठेगाना लगायत थप जानकारी खुल्न सकेको छैन । '
पाल्म ओयल' सम्बन्धी सो कारखानामा भएको उक्त घटनामा परी अर्का नेपाली सबद यादवसहित चार जना गम्भीर घाइते भएका छन् । उनीहरुको स्थानीय एक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
घटनाको प्राररम्भिक अध्ययन अनुसार तेल पकाउने एक मेसिन अचानक पट्कीएर सो घटना भएको थियो ।
No comments:
Post a Comment