कुलमणि ज्ञवाली, भैरहवा ।
भारतको राजधानी दिल्लीमा ३३ जना नेपाली बालबालिका अलपत्र परेका छन् ।
प्रवासी नेपालीहरुको सामाजिक संस्था प्रवासी नेपाली मित्र मञ्चका अनुसार त्यहाँका विभिन्न वालगृहमा आश्रित छ जना बालिका र २७ बालकहरु स्वदेश फर्किने प्रतीक्षामा छन् । करिव एक बर्षदेखि आश्रित वालवालिकाहरुको ठेगाना नखुल्दा स्वदेश फर्काउन कठिन भएको मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।
चाइल्ड वेलफेयर नामक बालगृहमा नेपालको सागरनाथ गाउँ घर बताउने १२ वर्षीया लक्ष्मी थापा, राजवास २ सिन्धुली घर बताउने १२ वर्षीया विना तामाङ्ग, रानी विराटनगर घर बताउने १२ वर्षीया चन्दा चौधरी, भगवतीपुर घर बताउने १२ वर्षीया सरिता रहेका छन् । त्यस्तै केलकारी बाल गृहमा दुई बालिका रहेका छन् ।
चाइल्ड वेलफेयरमा १५ जना, सलाम वालक ट्रष्टमा ७ जना, डनबस्को बालगहृमा चार जना, अन्तोदय बाल गृह लालपतनगरमा एक बालक रहेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।
No comments:
Post a Comment