भारतको बिहारमा एक व्यापारीले प्रहरीसमक्ष अनौठो मुद्धा दर्ता गराएका छन् । ४ लाख भारु रहेको झोला कुकुरले लिएर भागेपनि नकछेद मियां प्रहरीकोमा पुगेका हुन् । घटना बिहारको रानधानी पटनाबाट १ सय ५० किलोमीटरको उत्तर पश्चिमस्थित गोपालगञ्ज जिल्लामा भएको हो ।
मियांका अनुसार व्यागमा ओछ्यानमा राखिएको थियो र उनी हात धुन गएको समयमा कुकुर कोठामा पसेर ब्यग लिएर फरार भयो ।
कुकुरलाई पछ्याउदै गएपनि भेटिएन । घर नजिकै सडकमा १ लाख ४० हजार रुपैयाँ भेटियो तर, बाँकी पैसा अहिलेसम्म भेटिएको छैन । मियांले घटनाबारे लिखित सूचना दिएपनि प्रहरीले भने कुकुरविरुद्ध अपराधिक मुद्दा गर्दा गर्न अस्वीकार गरेको छ ।
व्यागमा खाना भएको सोचेर कुकुरले लिएर हिडेको हुन सक्ने प्रहरीको अनुमान छ । मियांका अनुसार खाडी मुलुकमा काम गर्न गएकी छोरीले जग्गा किन्न ४ लाख रुपैयाँ पठाएकी थिइन् ।

No comments:
Post a Comment