Image Hosted by ImageShack.us

2013/01/28

हेरौं पानीमुनी बनेको अनौठो होटेल

युनाईटेड अरब इमिरेट्स खाँडी मुलुकमा सबैभन्दा विकसित देशका रूपमा चिनिन्छ । युएई विश्वका पर्यटकहरुको एक प्रमुख गन्तव्य पनि हो । वर्षेनी यस देशमा घुम्न आउनेको संख्या बढ्दो छ । समुन्द्री किनारमा निकै सहज रूपमा मस्ति गर्न

पाइने युएईमा मानिसहरू पानीमुनीको होटेलको मजा पनि लिन आउने गर्छन् ।
सुन्दा आश्चर्य लागेपनि यो सत्य हो की युएईमा पानी भित्र एक निकै सुन्दर होटेल छ जुन पानी बाहिर भएका सुन्दर होटेलहरू भन्दा कम छैन । पानी भित्र र बाहिर दुवै रूपमा रहेको होटेलले धेरैको मन तानेको छ । युएईमा आउने पर्यटकहरू यो पानीमुनीको होटेलमा रहन निकै रूचाउने गरेको बताइएको छ ।
यो होटेल पोल्याण्डको डिप ओसन टेक्नोलोजी नामको कम्पनीले स्विस कम्पनी बिग इन्भेस्ट कन्सल्ट एजी कम्पनीको सहयोगमा निर्माण गरेको हो । यो होटेलमा दईवटा पाटा छन् । एक पाटोबाट अर्को पाटोमा जानका लागी पानीभित्रै भर्याङ र लिफ्टको प्रयोग गरिएको छ । पर्यटकहरूका लागि बस्नका लागी यो होटेलमा २१ वटा 

कोठाहरू रहेका छन् ।
हेरौ पानीमुनीको यो होटेलेको सौन्दर्य तस्विरमा...



No comments:

Post a Comment