Image Hosted by ImageShack.us

2013/01/17

सपनामा महिलालाई कस्तो अवस्थामा देख्दा कस्तो फल पाउँछन् पुरूष


ज्योतिष शास्त्रका अनुसार मानिसले देख्ने सपनाले पनि फरक-फरक महत्व राख्छ । सपनामा हाम्रो भविष्य पनि जोडिएको हुन्छ । सपनामा देखिने घटना तथा संकेतले भविष्यमा के-के हुन सक्छ भन्ने अनुमान लगाउन सकिने ज्योतिष शास्त्रका ज्ञाताहरु बताउँछन् । 

सपनामा पनि पुरूषहरूले देख्ने महिलाहरूको फरक-फरक अवस्थाले पनि फरक-फरक फलको संकेत गर्ने गर्छ । केही सपनामा देखिने महिलाहरूको अवस्थाले भविष्यमा पुरूषले पाउने फलहरू के-के हुन् हामी पनि थाहा पाइ राखौँ: १. सेतो साडि लगाएकी बृद्ध महिला: सपनामा सेतो साडि लगाएकी बृद्द महिला देख्ने पुरूषले भविष्यमा धन प्राप्त गर्न सक्छन् । 

साथै सामाजिक सम्मान पनि प्राप्त हुन सक्छ । २. किशोरी देखिएको खण्डमा: सपनामा कोही जवान किशोरी देखिएमा उक्त पुरूषले खुसी तथा धन प्राप्त गर्न सक्छन् । ३. श्रीमतिसँग झगडा: यदी कुनै पुरूषले सपनामा श्रीमतीसँग झगडा गरिरहेको देखेमा कुनै समस्या आउन सक्ने ज्योतिष शास्त्रीहरु बताउँछन् । 

४. महिलासँग कुराकानी: सपनामा महिलासँग कुराकानी गरिरहेको देखेमा सामाजिक सम्मान पाउने सक्ने सम्भावना रहन्छ । ५. बृद्ध महिला हाँसिरहेको देखेमा: यदी कुनै पुरूषले बृद्ध महिला हाँसिरहेको सपना देखेमा निकट भविष्यमा सुख प्राप्त हुन्छ । ६. सुन्दर महिला या परी देखेमा: यदी कुनै पुरूषले सुन्दर महिला या परीलाइ सपनामा देखेमा उसलाई सुख र धन प्राप्त हुन सक्छ साथै पारिवारिक विवाद साम्य हुने र शुभ समाचार सुन्न पाउँछन् । 

७. कुरूप काली महिला देखेमा: यदी कोही कुरूप महिला वा कालो रंगको लुगा पहिरिएकी महिला देखेमा उक्त पुरूषलाई कठिन समयको सामना गर्नुपर्ने हुनसक्छ । ८. गहनामा सजिएकी महिला: यदी कोई महिला गहनामा सुसज्तित देखिएमा या श्रृंगार गरेकी महिला देखिएमा रोकिएको काममा सफलता मिल्छ भने अन्य कामबाट पनि लाभ प्राप्त हुन्छ । 

९. महिलाको आलिङ्गनमा आफुलाई देखे: यदी कुनै पुरूषले आफूलाई कुनै महिलाको आलिङगनमा सपनामा देखे उसलाई निकट भविष्यमा सुख प्राप्त हुन सक्छ । १०. हासिँरहेकी महिला: महिला हासिरहको सपना देख्ने पुरूषलाई भविष्यमा प्रसस्त धन लाभ हुने सम्बावना रहन्छ ।

No comments:

Post a Comment