Image Hosted by ImageShack.us

2013/01/07

तोडफोडबापत पारसले तिरे ३५ लाख

रामचन्द्र गिरी 
मलेसिया, पुस २२ - 
थाइल्यान्डको बैंककमा बस्दै आएका पूर्वयुवराज पारस शाहले आफू बस्ने अपार्टमेन्ट व्यवस्थापनलाई १२ लाख थाई भाट -करिब ३४ लाख ६२ हजार ३ सय रुपैयाँ) क्षतिपूर्ति तिरेका छन् । अपार्टमेन्टमा तोडफोड तथा होहल्ला गरेको भन्दै व्यवस्थापनले उनीसँग क्षतिपूर्तिस्वरूप २० लाख भाट माग दाबी गरेपछि उनले गत बुधबार उक्त रकम तिरेका हुन् । तोडफोडमा घरका सिसा, सोफालगायत विभिन्न सामानमा क्षति पुगेको अपार्टमेन्टको दाबी थियो । त्यहाँस्थित नेपाली व्यवसायीका अनुसार पारसले थङलोस्थित प्रहरी चौकीमा एक सामान्य कागज गरी अपार्टमेन्ट व्यवस्थापनकी एक महिला प्र्रतिनिधिलाई रकम बुझाएका हुन् । रकम बुझाउन उनी वकिलसहित त्यहाँ पुगेका थिए । 'जनवरी ३ मा प्रहरी चौकीमा सामान्य कागज गरी १२ लाख बुझाउनुभएको छ, त्यसैले यो केस अब सल्टिसकेको छ,' रकम बुझाउन पारससँगै त्यहाँ पुगेका नेपाली व्यवसायी सुनिल खड्काले भने, 'उक्त रकम हामी केही नेपाली र उहाँकै परिवारबाट गरी जुटाएर तिरिएको हो ।' खड्काका अनुसार अपार्टमेन्ट व्यवस्थापनले २० लाख भाट दाबी गरे पनि १२ लाखमा कुरा मिलेको हो । पारस एक वर्षदेखि त्यहाँको 'सर्भाइज्ड अपार्टमेन्ट' मा मासिक २ लाख थाई भाट भाडा तिर्दै बस्दै आएका थिए । तोडफोडको घटना छिनोफानो भएलगत्तै उनी एक होटलमा बस्न थालेका छन् । करिब ३ साताअघि आफूमाथि सुरक्षा खतरा रहेको भन्दै उनले त्यहाँको नेपाली दूतावासमा सुरक्षा माग गर्दै निवदेन दिएका थिए । सुरक्षा खतराकै कारण उनी दुई साताभन्दा बढी त्यहाँको नेपाली व्यवसायीको घरमा बस्दै आएका थिए । दूतावासका अनुसार उनको सुरक्षाका लागि त्यहाँको मन्त्रालयलाई पत्राचार गरी घटनाबारे जानकारी गराइएको थियो । मन्त्रालय स्रोतले उनलाई 'भीआईपीसरह सुरक्षा दिन नसकिने तर रकम तिरेर आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मी राख्न मिल्ने' सुझाव दिएको दूतावासका काउन्सिलर डोरनाथ अर्यालले आइतबार कान्तिपुरसित टेलिफोनमा बताए । 'तर उनको पछिल्लो स्थितिबारे केही जानकारी पाएका छैनौं,' अर्यालले भने । यसअघि परिवारसहित सिंगापुर आएका पूर्वराजा ज्ञानेन्द्रले पुत्र पारससँग भेटेको स्रोतको दाबी छ । उनले पारसको थाइल्यान्ड बसाइमा भएका घटनाबारे जानकारी लिएका थिए । उनी केही दिनअघि नेपाल फर्किसकेका छन् । पारसको अपार्टमेन्ट तोडफोडको मुद्दा सुल्भिmए पनि गाँजासँग जोडिएको अर्को मुद्दा अझै सुल्भिmएको छैन । तीन ग्राम गाँजासहित उनी गत मंसिरमा फुकेटमा पक्राउ परेका थिए । स्रोतका अनुसार त्यसपछि चलाइएको मुद्दाको सोमबार फैसला हुँदैछ । त्यसपछि उनले सञ्चार माध्यममा मुख खोल्ने यसअघि नै जनाइसकेका छन्

No comments:

Post a Comment